फोटो फिचर

सचिन तेन्दुलकरले त्रिवि मैदानमा खेले क्रिकेट

त्रिवि मैदानमा क्रिकेट खेल्दै महान क्रिकेटर सचिन तेन्दुलकर । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

काठमाडौँ – विश्व क्रिकेटका महान खेलाडी सचिन तेन्दुलकरले त्रिवि मैदानमा क्रिकेट खेलेका छन् । शुक्रबार राति नेपाल आएका सचिन शनिबार बिहान त्रिवि मैदान गएका हुन् ।

त्रिवि मैदानको अवलोकनपछि उनले त्यहाँ क्रिकेट खेलेका हुन् । युनिसेफको सद्भावना दूत रहेका सचिन नेपाल आएका हुन् । बाल अधिकार सम्बन्धी महासन्धि पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफ नेपालले उनलाई नेपाल ल्याएको हो ।

कार्तिक ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्