प्रधानमन्त्री ओलीको तेस्रो पटक डायलासिस, आजै बालुवाटार फर्कने

फाइल तस्बिर

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रो पटक डायलासिस भएको छ। ग्राण्डी अस्पतालमा डायलासिस गरेका ओली आजै बालुवाटार फर्कने तयारीमा भएको अस्पताल स्रोतले बताएको छ।

गत कार्तिक १३ र १४ गते दुई पटक डायलासिस गरेका ओलीको योबीचमा अर्को डायलासिस आवश्यक पर्न सक्ने बताइरहेका बेला शनिबार त्यो सम्पन्न गरिएको हो।

योसँगै अब ओलीको नियमित डायलासिस गर्ने कि पुन: मिर्गौला प्रत्यारोपण गर्ने भन्नेबारे चिकित्सकहरु छलफलमा छन्।  उनको थप उपचार सकेसम्म अमेरिका नभए भारत गर्ने योजना पनि बनिरहेको छ।

दोस्रो पटक डायलासिस गरेपछि ओली कुनै पनि सार्वजनिक कार्यक्रममा भाग नलिइ बालुवाटार भित्रै रहेर काम गरिरहेका छन्।

कात्तिक ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्