जेलबाट छुटेका राजपाल यादव काममा फर्किए

एजेन्सी– जेल सजाए काटेर बाहिर निस्किएका बलिउड कलाकार राजपाल यादव काममा फर्किएका छन्।

राजपालले आगामी चलचित्र ‘कुली नं १’, ‘बोले चूडिया’ र ‘टाइम टू डान्स’ मा काम शुरु गरिसकेका छन्। उनले हालै दिएको एक अन्तवार्तामा चलचित्र क्षेत्रमा भएको फेरबदलको बारेमा चर्चा गर्नुका साथै चलचित्रको बारेमा केही जानकारी दिए।

राजपाल गएको वर्ष नोभेम्बरमा ५ करोड ऋण नतिरेको आरोपमा जेल परेका थिए।

भारतीय चलचित्र क्षेत्रमा २० वर्षभन्दा धेरै समय बिताएका राजपालले पहिलाको चलचित्र र अहिलेको चलचित्रमा धेरै परिवर्तन आएको बताएका छन्।

उनका अनुसार पहिलेकाे तुलनामा अहिले चलचित्र क्षेत्रमा धेरै सुविधाहरु छन्। राम्रो अवधारणा भएको चलचित्रमा काम गर्न पाउँदा आफू खुसी भएको उनले बताए।

उनका अनुसार चलचित्रको अवधारणा राम्रो छ भने बजेटको ख्याल हुँदैन। उनले दर्शकलाई धन्यवाद दिँदै भने, ‘भगवान र दर्शकलाई धेरै धेरै धन्यवाद। आजसम्म काम गरिरेहेको छु। मलाई उहाँहरुले माया गरिराख्नुभएको छ।’

कार्तिक ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्