पाँचऔँलेसहित तीनजना पक्राउ

नेपालगञ्ज – बाँकेबाट प्रतिबन्धित पाँचऔँले जडीबुटीसहित तीन जना पक्राउ परेका छन्।

५ नम्बर प्रदेश व्यूरो प्रहरी टोलीले कोहलपुर–११, लोकनगरटोलबाट पाँच किलो पाँचऔलेसहित तीन जनालाई पक्राउ गरेको हो।

व्यूरोका इन्चार्ज प्रमोद क्षेत्रीका अनुसार, पक्राउ पर्नेहरुमा कालिकोटका अग्र बम, जुम्लाका यमराज अधिकारी र बाँकेका बीरबहादुर शाही रहेका छन्।

पहाडी जिल्लाबाट संकलन गरेर ल्याइएको पाँचऔँले बाँकेमा बेचबिखनका लागि ल्याइएको प्रहरीको भनाई छ।

कार्तिक ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू