फाइल तस्बिर

जनकपुरधाम – सिरहाका विभिन्न स्थानमा अवैध रुपमा गरेकाे गाँजा खेती नष्ट गरिएको छ।

प्रहरीले शनिबार सिरहाका विभिन्न स्थान गएर २३ हजार भन्दा बढी गाँजाका बोट फडानी गरी नष्ट गरेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

प्रहरीले नवराजपुर गाउँपालिका वडा नं. ६, मझौरा, जगतपुर र वडा नं. ५ मिनाहा कुसन्डीमा लगाइएको गाँजा ३ हजार बोट, गोलबजार नगरपालिका १० मा अन्दाजी १२ हजार गाँजाका बाेट फडानी गरी नष्ट गरेको हो। त्यस्तै प्रहरीले मिर्चैयामा पनि गाँजाको बोट फडानी गरेको छ।

कात्तिक ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्