फोटो फिचर

माइतिघरमा नेविसंघको प्रदर्शन, ‘ब्याक अफ इन्डिया–चाइना’

काठमाडौँ – नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ‘ब्याक अफ इन्डिया’ सहितका नारा लगाउँदै प्रदर्शन गरेका छन् ।

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी, लिपुलेक तथा लिम्पियाधुरा राखेको विरोधमा लगातार प्रदर्शन हुँदै आएको छ । सोही क्रममा नेविसंघले आइतबार दिउँसो माइतिघरमा प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले ‘ब्याक अफ इन्डिया–चाइना’ लेखिएको व्यानर पनि बोकेका थिए । उनीहरुले चीनले पनि नेपाली भूमि मिचेकाले त्यसको पनि विरोध गरेका हुन् । विरोध प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप समेत भएको थियो ।

प्रदर्शनकारीले नेपाली भूमि चाँडो फिर्ता गर्नु पर्ने मागसहितका नारा लगाएका छन्।

मंसिर १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्