धेरै कर तिर्ने राष्ट्रिय वाणिज्य बैंक र सूर्य नेपाललाई सरकारको सम्‍मान

काठमाडौँ-सरकारले धेरै कर तिर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको छ।आठौँ राष्ट्रिय कर दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा सरकारले विभिन्न १५ विधामा धेरै कर तिर्ने र समयमामै कर तिर्ने सम्मान गरेको हो।

उक्त कम्पनी तथा करदाताहरुलाई अर्थमन्त्री डा युवराज खतिवडाले सम्मान गरेका हुन्। यस्तै विभिन्न संस्थाहरु मध्ये धेरै कर तिर्ने राष्ट्रिय वार्णिज्य बैंक एक हो।

गत आर्थिक वर्ष ०७५ र ७६ मा बैंक तथा वित्तीय संस्थामध्येकै सबैभन्दा धेरै कर तिरेको भन्दै अर्थमन्त्री डा.युवराज खतिवडाले राष्ट्रिय वाणिज्य बैंकलाई सम्मान गरेका हुन्।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा १ अर्ब १२ करोड रुपैयाँ मूनाफा आर्जन गर्दै मुनाफाका आधारमा पनि पहिलो नम्बरमा देखिएको छ।
यस्तै मध्यस्तरीय कर धेरै तिर्नेमा कामना सेवा विकास बैंक देखिएको र बीमा तर्फ सबैभन्दा धेरै कर तिर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी देखिएको छ।
यस्तै लघुवित्ततर्फ भने सबैभन्दा धेरै कर तिर्नेमा छिमेक लघुवित्त वित्तीय संस्था देखिएको छ।

यस्तै कम्पनी तर्फ सूर्य नेपाल प्रालिले सबैभन्दा बढी कर तिरेको छ। उक्त कार्यक्रममा २०७५ र ०७६ मा सबैभन्दा बढी कर तिर्ने कर दाताका रुपमा सूर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीलाई सम्मान गरिएको हो।

व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्नेमा सिद्धार्थ शमशेर जबरा रहेका छन्। यस्तै बीमा तर्फ नेपाल लाईफका विवेक झा,निर्यातकर्ता आयकर पंकज बजाज, डाबर नेपाल उद्योग( मदिरा र चुरोट बाहेक), जगदम्बा सुलभ अग्रवाल, कृषि अन्नपूर्ण एगणरमे, राजेशकुमार अग्रवाल, स्वास्थ्य शिक्षाः मणिपाल म मेडिकल कलेज, सूचना प्रविधि तर्फ वल्र्डलिंक, दिलिप अग्रवाल, व्यापारतर्फ अग्रि इन्कर्पोरेट क्याबिनेट श्रेष्ठ, पर्यटन तर्फबाट हायात, सुरेशलाल क्षेष्ठ,मध्यम करदाता, कामना विकास बैंक हरिप्रसाद, आन्तरिक कार्यालय तर्फ भिइस मोरिसस, र भ्याट तर्फबाट घोराही, सिमेन्ट संजय बंसललाई धेरै कर तिर्नेमा सम्मान गरिएको हो।

मंसिर १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्