लुम्बिनीमा न्यूज फेस्टिवल सुरु

लुम्बिनी-रुपन्देहीको लुम्बिनीमा पत्रकार र पत्रकारिताबारेको छलफलमा केन्द्रित लुम्बिनी न्युज फेस्टिवल सुरु भएको छ।

देशभरका ३ सय पत्रकारहरुको सहभागिता रहेको न्युज फेस्टिवल को प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरे।

मुख्यमन्त्री शंकर पोखरेलले देश विकासको लागि मिडियाको भूमिका विगतदेखि नै रहेको र अवका दिनमा पनि महत्पूर्ण हुने बताएका छन्।

उनले लुम्बिनी क्षेत्र विश्वभरका मानिसहरुको लागि साझा भएको बताए।

मुख्य मन्त्री पोखरेलले युगपुरुष गौतम बुद्धको जन्मस्मस्थल सबैको साझा क्षेत्र भएको बताए।सञ्चार क्षेत्र सबैको साझा क्षेत्र भएपनि सञ्चार सूचना प्रविधिको कारण चुनैतीहरु कसरी सामाना गर्ने र यसलाई कसरी अवसरको रुपमा बदल्ने भन्ने विषयमा अवको ध्यान केन्द्रीत हुनुपर्ने बताए।

मुख्य मन्त्री पोखरेलले अवको पत्रकारिता द्धविधामा रहनुपर्ने अवस्था नरहेको बताए।उनले भने –‘अधिकार विहिन नागरिकहरु समृद्धिको आधार बन्न सक्दैनन, अवको अभियान भनेको समद्धिको अभियान हो।’

पछिल्लो समयमा अधिकारको पक्षमा समुहिक र संस्थागत भएको भन्दै उनले संविधानमा उल्लेख भएका विषयवस्तु पूर्णरुपमा कार्यान्वयन हुनुको लागि राज्य सक्षम हुनुपर्ने बताए।

अहिले लोकतन्त्र स्थापित भैसकेको अवस्थामा सबैभन्दा पहिलो अभियान नै राज्य बलियो हुनको लागि नागरिक समाजको आवश्यकता रहेको बताए।
अबको अभियान भनेको सञ्चार क्षेत्रले सकारात्मक चेतना वृद्धि गर्नुपर्नेमा जोड दिए।सकारात्म चेतना नै बहुबल भएको भन्दै मुख्य मन्त्री पोखरेलले सकारत्मक चिन्तन वृद्धि गर्ने खालको विषयमा पत्रकारिता लाग्नुपर्ने बताए।

मुख्य मन्त्री पोखरेलले लुम्बिनी विना त्यागले बुद्धत्व प्राप्त गर्न नसक्ने भन्दै उनले बुद्धत्व प्राप्तीको अभियान नै बुद्ध सक्रिटबाट सुरुभएको बताए।बुद्ध भन्दा पहिला ३ वटा बुद्ध जन्माउने भुमी नै अहिलेको लुम्बिनी क्षेत्र रहेको बताए।

मुख्य मन्त्री पोखरेलले नेपालको सभ्यताको बिषयमा नेपालको ईतिहासमा कुनै कुरा नपर्नु दुखद भएको तर्क गरे।कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संघीयता तल्लो स्थानमा आएको सन्देश दिन लुम्बिनी न्यूज फेष्टीभल आयोजना गरेको बताए।

उनले अव समाचारका केन्द्र भनेको स्थानीय तह, गाउँ घर नै रहेको बताउँदै संघीयता अव गाउँघरमा आयो भन्ने सन्देश नै यो अभियाने दिएको बताए। पछिल्लो समयमा सञ्चार क्षेत्र अलमलमा परेको भन्दै अध्यक्ष आचार्यले नेपाली मिडियाको मिसन सुरुवात हुनुपर्ने बताए।

उनले भने –‘अव हाम्रो मिसन भनेको आर्थिक समृद्धि र विकास नै हो, यसमा पत्रकारितालाई जाड्न सकिएन भने अलममा परिन्छ।’

पत्रकारिता आवाज विहिनको आवाज र सत्य तथ्यको आवाजको रुपमा पत्रकारिताको विकास हुनुपर्नेमा उनको जोड थियो। कार्यक्रममा लुम्विनी प्रेस क्लवका सल्लाहकार दिपेन्द्र वडुवालले पत्रकारिताको पुलको काम गर्न लागेको जानकारी गराए।

उनले बुद्ध सर्किट र प्रदेश सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण बर्ष र नेपाल पर्यटन भ्रमण बर्षलाई समेत सघाउ गर्ने गरी अभियानको रुपमा न्युज फेष्टीवल आयोजना गरिएको बताए।

मंसिर १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्