चिसो तत्काल बढ्दैन

काठमाडौँ – चिसो बढ्ने क्रम सुरु भए पनि ह्वात्तै अति जाडो भने नहुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जाडो केही बढ्दै गएको भए पनि अहिले नै अति चिसो भने नहुने मौसमविदले बताएका हुन् ।

अहिले पनि मनसुनपछिको अवस्था रहेको र आकासमा बादल रहेकाले चिसो तत्काल चिसो अति बढ्ने सम्भावना रहेको मौसमविदले जानकारी दिए ।

जाडो समयमा औपचारिक रुपमा प्रवेश गरिसकेको अवस्था नरहेको मौसमविदको भनाई छ । सोमबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२.९ डिग्रीसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा प्रभाव पार्ने खालको मौसमी प्रणाली नरहेको जनाइएको छ । तर पूर्व र मध्य पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको र दिनभर जस्तो पनि यस्तै रहने छ । यस्तै तराईका केही क्षेत्रमा आंशिक बदली हुनेछ ।

मंसिर २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्