उत्तर कोरियाले जो बाइडेनलाई ‘पागल कुकुर’ भनेपछि ट्रम्पले बचाउ गर्नुको अर्थ के?

अमेरिकी पूर्व राष्ट्रपति तथा आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा अघि रहेका जो बाइडेनमाथि केही दिनअघि उत्तर कोरियाले आक्रमक टिप्पणी गर्यो ।
उत्तर कोरियाले सरकारी सञ्चारमाध्यम केसिएनए मार्फत वक्तव्य जारी गरेर जो बाइडेनलाई ‘पागल कुकुर’ को शंज्ञा दिएको थियो ।
बाइडेन शक्ति प्राप्तिका लागि आशक्त रहेको र उनी जस्ताले धेरैलाई नोक्सान गर्न सक्ने भएकाले लौरीले हानेर हत्या गर्नु पर्ने उत्तर कोरियाले गएको बिहीबार बताएको थियो ।
दुई हप्ताअघि जो बाइडेनले राष्ट्रपति ट्रम्पको उत्तर कोरिया सम्बन्धी नीतिको आलोचना गर्दै वक्तव्य जारी गरेका थिए । बाइडेनले उत्तर कोरियाका नेता किम जोङ–उनलाई हत्यारा तानाशाह भनेका थिए । उत्तर कोरियाले त्यसको जवाफमा बाइडेनलाई ‘पागल कुकुर’ भनेको हो ।
उत्तर कोरियाले बाइडेनमाथि निच टिप्पणी गरेको चार दिनपछि अमेरिकी राष्ट्रपति ट्रम्प अप्रत्यासित रुपमा बाइडेनको बचाउमा प्रस्तुत भएको देखिएको छ । तर त्यो व्यंग्यात्मक र उपहास पूर्ण देखिएको छ ।
ट्रम्पले आफ्ना सम्भावित प्रतिस्पर्धी बाइडेनमाथि लगातार आक्रमण गर्दै आएका छन् । ट्रम्पले बाइडेनलाई अधिकांश समय ‘सिल्पी बाइडेन’ भन्ने गरेका छन् ।
उनले युक्रेनका राष्ट्रपतिलाई बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन गर्न दबाब दिएको आरोपमा हाल महाअभियोग लगाउने सम्बन्धी अनुसन्धान भइरहेको छ ।
तर ट्रम्पले आइतबार ट्वीटमार्फत उपहास पूर्ण स्वरुपमा बाइडेनको बचाउ गरेका हुन् । ट्रम्पले बाइडेन ‘सिल्पी’ हुन सक्ने तर ‘पागल कुकुर’ भने नरहेको उल्लेख गरेका छन् ।
Mr. Chairman, Joe Biden may be Sleepy and Very Slow, but he is not a “rabid dog.” He is actually somewhat better than that, but I am the only one who can get you where you have to be. You should act quickly, get the deal done. See you soon! https://t.co/kO2k14lTf7
— Donald J. Trump (@realDonaldTrump) November 17, 2019
ट्रम्पले ट्वीटमा लेखेका छन्, ‘मिस्टर चेयरम्यान (किम जोङ–उन), जो बाइडेन सिल्पी र अछि सुस्त हुन सक्छन्, तर उनी पागल कुकर भने होइनन् । वास्तवमा उनी त्यो भन्दा केही राम्रा छन्, तर म मात्रै हुँ तपाईँ जहाँ हुनु पर्छ त्यहाँ लैजाने । त्यसैले चाँडो गर्नु होस्, सम्झौता गरौँ । चाँडै भेटौँला ।’
ट्रम्पले आफ्नो ट्वीटमा सहमति गर्ने आफू मात्रै रहेको र त्यसका लागि चाँडो गर्न किमसँग आग्रह गरेका छन् । यसको अर्थ उनी आउँदो चुनावमा पराजित हुन्छु भन्ने मनसायमा रहेको पनि देखिएको छ ।