२७ वर्षपछि पक्राउ परे जबरजस्ती करणीका कसुरदार

फाइल तस्बिर

बारा – जबरजस्ती करणी अभियोगमा दोषी ठहर भएर सजाय तोकिएका कसुरदार २७ वर्षपछि पक्राउ परेका छन् । सजाय फैसला भएको २७ वर्षसम्म फरार रहेका बाराको कोल्हवी नगरपालिका वडा नम्बर २ बस्ने ५५ वर्षे बलराम खनाललाई पक्राउ गरेको हो ।

पक्राउ परेका खनाललाई २०४९ साल वैशाख १७ गतेको फैसलाले जबरजस्ती करणी उद्योगमा १ वर्ष ६ महिना कैद ठहर गरेको थियो । ईलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका खनाललाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेशले उनलाई तोकिएको कैद भुक्तानका लागि कारागार कार्यालय वीरगञ्ज पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बारामा कारागार नरहेकाले उनलाई वीरगञ्ज पठाइएको हो

मंसिर २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्