अर्घाखाँची सीमेन्टले ‘कमर्सियल विज्ञापन’ को अवधारणाको प्रतियोगिता गर्ने

काठमाडौँ-अर्घाखाँची कम्पनीले टेलिभिजनको लागि ‘कमर्सियल विज्ञापन’ को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ।

कम्पनीले टेलिभिजन च्यानलमा बजाउनको लागि सर्वसाधारणबाट आवश्यक कमर्सियलको लागि अवधारणा हासिल गर्ने लक्ष्य राखी यस प्रतियोगिताको आयोजना सार्वजनिक गरेको हो।

उक्त आयोजनामा सहभागि हुन सर्वसाधार।णले रोचक तथा मौलिक अवधारणा कम्पनीको एमेलमा पठाउनु पर्ने र उत्कृष्ट एक अवधारणले ५० हजार बराबारको नगद पुरस्कारबाट सम्मानित गरिने कम्पनीले जनाएको छ।

उक्त आयोजनामा सहभागि हुन चाहनेले मंसिर १५ गतेभित्र अवधारणा पठाइसक्नु पर्ने कम्पनीले जानकारी दिएको छ।

यस आयोजनामा सरकारी तथा नीजि संस्थाहरुलाई सहमावेश नगरी सर्वसाधारणलाई मात्र सहभागि गराउने कम्पनीले जामनकारी दिएको छ।

अर्घाखाँची कम्पनीका सहायक महाप्रबन्धक रमेश थापाले सर्वसाधारण तथा साहित्य र रचनात्मक क्षेत्रमा काम गरिरहेका सर्जकहरुसँग सहकार्यगरी उनीहरुको रचनालाई सम्मान गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको बताए।

मंसिर २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्