लेनदेन विवादमा पाँचजना मिलेर गरे झाँक्रीको हत्या

जनकपुरधाम- लेनदेनको घटनामा सिरहामा एकजना भारतीय झाँक्रीको हत्या गरिएको घटना सार्वजनिक भएको छ।

भारत विहार राज्य जिल्ला मधुवनि, थाना ललमनिया ग्राम, वेल्हा पञ्चायत कारमेघ पश्चिम वडा नं. ६ का ४० वर्षिय राज कुमार यादवको शव गत कार्तिक २१ गते सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नं. १२ सारस्वर, गम्हरिया स्थित कमलानदीको पूर्वी तटबन्धको बाँधमा फेला परेको थियो।

प्रहरीले हत्याको आरोपमा सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १० धनगढी टोलका ३८ वर्षिय फुलगेन साह, उसको भतिजा मिर्चैया नगरपालिका वडा नं. ४ बस्ने २० वर्षीय जितेन साह, धनगढीमाई नगरपालिका वडा नं. ११ बस्ने १९ वर्षिय रामकुमार साह, धनुषा जिल्ला कमला नगरपालिका वडा नं. ६ सखुवामडान बस्ने २५ वर्षीय अजय कुमार महतो र २१ वर्षिय राजलाल महतोलाई पक्राउ गरेको छ।

उनीहरुले पाँचजनाको समूहमा राजकुमार यादवको हत्या गरेको सोमवार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको सिरहाका प्रहरी नायव उपरिक्षक अपिलराज बोहराले जानकारी दिए।

झाँक्री राजकुमार यादवलाई कार्तिक २० गते करिब सावा ६ बजे साँझको समयमा फोनमा कमला नदिको पूर्वी तटबन्धमा बोलाई घाँटी रेटी शरिरको विभिन्न भागमा खुकुरीले प्रहार गरी हत्या गरेका थिए।

घटना पश्चात फुलगेन साहलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा फुलगेनले राम कुमार साह र जितेन साहको बारेमा खुलाएका थिए र पुनः दुवै जनालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा राम कुमार साहले अजय महतो र राज लाल महतोको नाम खुलाएको थियो। पक्राउ परेको व्यक्तिहरुसँग आवश्यक सोधपुछ र अनुसन्धान भईरहेको सिरहा प्रहरीले जनाएको छ।

के थियो घटना ?
भारतका राजकुमार यादव झारफुक गर्ने काम गर्दै आएका थिए भने उनको यसै क्रममा सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नंं. १० धनगढी टोलका ३८ वर्षिय फुलगेन साहसँग घनिष्ठ सम्बन्ध बनेको थियो। सोही क्रममा फुलगेन साहले राज कुमार यादवलाई उनको उनको छोरीको विहेको लागि फुलगेनले केहि रकम साँपटी दिएको थियो।

फुलगेन साहको माध्यमबाट राज कुमार यादव (झाक्रि) को चिनजान जिल्ला धनुषा कमला नगरपालिका वडा नं.६ वस्ने अजय कुमार महतो, जिल्ला सिरहा धनगढीमाई नगरपालिका वडा नं. ११ वस्ने राम कुमार साह सँग भएको थियो र झाक्रिले सबै सँग भुत भगाउन झारफुक गरेको वापत पैसा लिएको थियो तर झारफुकबाट विरामी सन्चो नभई झन समस्या बढेको उनिहरुले गुनासो गरेका थिए।

र यस क्रममा फुलगेन साहले झाक्रि राज कुमार यादवसँग सापटी दिएको रकम फिर्ता माग्दा दुवै बिच लेनदेनको लागि विवाद भएपछि दुवैको सम्बन्ध बिग्रको थियो।

सम्बन्ध विग्रेपछि झाँक्री राज कुमार यादवले राम कुमार साहलाई मोवाइलबाट फोन गरेर फुलगेन साहलाई हत्या गर्ने धम्की दिएका थिए र सो जानकारी राम कुमार साहले फुलगेन साहलाई गराएपछि फुलगेन साहले आफ्नो भतिजो जितेन साह, राम कुमार साह मिलेर झाक्रि राज कुमार यादवलाई मार्ने योजना बनाई झाँक्रीले ठगेकाहरुको सहयोगमा कार्तिक २० गते हत्या गरेका थिए।

मंसिर २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्