पर्सा मालपोतका फाँटवाला गुप्तामाथि बिशेष अदालतमा भ्रष्टाचार मुद्दा

पर्सा- मालपोत कार्यालय, पर्साका तत्कालीन फाँटवाला मदन प्रसाद गुप्तामाथि सोमबार बिशेष अदालतमा करिब ७८ लाख बिगोसहित भ्रष्टाचार मुदा दायर भएको छ।

गुप्तामाथि अख्तियार दुरुपयाग अनुसन्धान आयोगले ७७ लाख ८६ हजार ८ सय १६ रुपैया बराबरको भ्रष्टाचार मुदा दायर गराएको हो।

मालपोत कार्यालय, पर्साको . २०७०÷०७१ को रजिष्ट्रेशन फाँट “ख” मा लिखित पास गर्दा लाभकर नलिएको, एउटै नम्वर राखी विभिन्न रजिष्ट्रेशन पास गरेको, लिखित रजिष्ट्रेशनमा भएको थैली रकम घटाई कम मूल्यको थैली कायम गरी राजश्व रकम हिनामिना गरेको आरोपमा बिशेष अदालत काठमाडैंमा भ्रष्टाचार मुदा दायर गराइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रबक्ता प्रदिप कोईरालाले बताए।

गुप्ताले महत्वपूर्ण सरकारी अभिलेख कागजात र प्रमाणहरू नष्ट गरेको तथा राजशव छली गरेको सप्रमाण पुष्टि हुन आएकोले उनी बिरुद्ध बिगो सहितको भ्रष्टाचार मुदा दायर गरिएको कोईरालाले बताए।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कार्य गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ज) र सोही ऐनको दफा १२ बमोजिमको कसुर गरेको देखिएकोले भ्रष्टाचार मुदा दायर गराइएको हो।

मंसिर २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्