प्रधानसेनापति थापा र भारतीय सेनाका लियुटनान्ट जेनेरल दयालबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय सेनाका लियुटनान्ट जेनेरल शान्तानु दयालबीच भेटवार्ता भएका छन्।

सोमबार थापा र दयालबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेको नेपाली सेनाले जारी गरेको प्रेस विज्ञप्ति मार्फत जनाइएको छ।

उक्त भेटवार्तामा उनीहरु बीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।

छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वा स नेपाली सेनाले लिएको छ।

मंसिर २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्