सुनको मूल्य तोलामा चार सय बढ्यो

काठमाडौँ–सुनको मूल्य मंगलबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार सोमबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंलगबार चार सय रुपैयाँले बढेर ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा ७१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य तोलामा आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

मंसिर ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्