विश्वकप छनाेटअन्तर्गत नेपाल र कुवेतबीचकाे खेल सुरु

काठमाडौँ– विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत नेपाल र कुवेतबीचकाे खेल सुरु भएको छ। भुटानको राजधानी थिम्पुमा रहेको चाग्लिमिथाङ रंगशालामा खेल सुरु भएको हो।

नेपालको प्लेइङ सेटमा गोलरक्षकमा किरण चेम्जोङ, डिफेन्डरमा रन्जित धिमाल, अजित भण्डारी, अनन्त तामाङ, देबेन्द्र तामाङ, मिडफिल्डरमा सुजल श्रेष्ठ, रोहित चन्द, तेज तामाङ, विक्रम लामा, रवि पासवान र स्ट्राइकर अभिषेक रिजाल छन्।

नेपालमा हुने भनिएकाे उक्त खेल दशरथ रंगशालाको काम नसकिँदा तटस्थ स्थानको रुपमा भुटानमा खेलाइएको हो।

मंसिर ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्