विश्वकप छनोट: पहिलाे हाफसम्म नेपाल १–० पछाडि

काठमाडौँ– भुटानमा जारी विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत कुवेतविरुद्धको खेलमा नेपाल पहिलो हाफसम्म १–० ले पछि परेको छ।

कुवेतका लागि अल मोटावाले २८ औँ मिनेटमा गाेल गर्दै कुवेतलाई अग्रता दिलाएका हुन्।  भुटानको राजधानी थिम्पुमा रहेको चाग्लिमिथाङ रंगशालामा खेल भइरहेको छ।

नेपालमा हुने भनिएको उक्त खेल दशरथ रंगशालाको काम नसकिँदा तटस्थ स्थानको रुपमा भुटानमा खेलाइएको हो।

मंसिर ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्