सिटिजन्स बैंक र चिरायू हस्पिटलबीच सम्झौता

काठमाडौँ-सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चिरायू नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ।

बैंकका ग्राहकवर्गलाई हस्पिटलको सेवाशुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको हो।

उक्त सम्झौता अनुसार सटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड वाहक र खाता भएका ग्राहकवर्गहरुले चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट प्रालिमा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउने बैंकले जनाएको छ।

यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वितहुने विश्वास बैंकले लिएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका देशैभरी ८५ वटा शाखा, ८२ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।

मंसिर ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्