विश्वकप छनोट खेलमा नेपाल कुवेतसँग १–० ले पराजित

काठमाडौँ– विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत कुवेतसँगको खेलमा नेपाल पराजित भएको छ। भुटानको राजधानी थिम्पुस्थित चाग्लिमिथाङ रंगशालामा भएको खेलमा नेपाल कुवेतसँग १–० ले पराजित भएको हो।

कुवेतले खेलकाे २८ औँ मिनेटमा अग्रता लिएकाे थियाे। कुवेतका लागि बादेर अल मतवाले २८ औँ मिनेटमा गोल गरेका थिए। नेपालले कुवेतविरुद्ध गोल गर्ने केही अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन।

नेपालमा हुने भनिएको उक्त खेल दशरथ रंगशाला पुनर्निमाणको काम नसकिएपछि भुटानमा गरिएको हो।

मंसिर ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्