गाँजासहित एकजना पक्राउ

साङ्केतिक तस्बिर

वीरगञ्ज– लागुऔषध गाँजासहित एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले गाँजासहित बाराको पचरौता नगरपालिका वडा नम्बर ७ बेनौलीबाट कृष्ण साह कलवारलाई पक्राउ गरेको हो। प्रहरी चौकी पिपरपाति बाराबाट खटिएको प्रहरी टोलीले कलवारलाई ५ किलो गाँजासहित पक्राउ गरेको हो।

पक्राउ परेका कलवारलाई लागुऔषध सम्बन्धी मुद्दामा जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

मंसिर ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्