श्रोत नखुलेको साढे ३५ लाख रकमसहित दुई युवा पक्राउ

पर्सा-श्रोत नखुलेको साढे ३५ लाख रकमसहित २ जना युवक बाराबाट पक्राउ परेका छन्।

स्रोत नखुलेको रकम सहित पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर .७ झवानी टोल बस्ने २३ बर्षिय सुनिल महतो नुनिया र सोही ठाउका २२ बर्षिय राजन कुमार दुवे रहेका छन्।

सुरक्षा प्रहरी वेश क्याम्प लङ्गडा चोक तथा प्रहरी विशेष ब्यूरोबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ८ लंगडाचोकमा चेकजाँच गर्नेक्रममा मोटरसाईकलमा आउँदै गरेको अवस्थामा स्रोत नखुलेको सो रकमसहित उनीहरु दुवैजनालाई पक्राउ गरेको हो।

ना २६ प १६४९ नम्बरको मोटरसाईकलमा चढी आउदै गरेको दुबैजनाको साथबाट झोला भित्र लुकाई छिपाई ल्याउदै गरेको नेपाली रु.एक हजार दरको १२ सय थान र पाँच सय दरको ४७ सय थान गरि जम्मा ३५ लाख ५० हजार रकम प्रहरीले बरामद गरेको छ।

पक्राउ परेका राजनको साथमा रहेको मोबाईलका व्हाटस एपमा बिभिन्न बैंक तथा वित्तिय संस्थासंग सम्बन्धित चेक तथा भौचरहरुको फोटो तथा कारोवार भएको भ्वाईस रेकर्डसमेत फेला परेको बारा प्रहरीले जनाएको छ।

उनको मोबाईलबाट करोडौँ रुपैयाको कारोवार गरेको विवरणहरु समेत फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुबैजना बिरुद्ध बैंक तथा वित्तिय संस्था सम्बन्धी कसूर, २०७३ अन्तर्गत कसुरमा जिल्ला अदालत बाराबाट-५ दिनको म्याद थप गराई आवशयक अनुसन्धान भइरहेको बाराका प्रहरी उपरीक्षक विकाशराज खनालले जानकारी दिए।

मंसिर ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्