सरकारका २१ महिना, २१ गल्ती: नेपाली कांग्रेस

काठमाडौँ– नेपाली कांग्रेसले वर्तमान सरकार असफल भएको आरोप लगाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा सरकार पूर्णरुपमा असफल भएको आराेप लगाए।

प्रवक्ता शर्माले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार पूर्णत असफल भएकाले जनताले उपनिर्वाचनमा आफ्नो पार्टीको पक्षमा मतदान गर्नुपर्ने बताए। कांग्रेसले २१ महिनाको अवधिमा आफ्नो पार्टीले भने जिम्मेवार र शालिन प्रतिपक्षको भूमिका निर्वाह गरेको दावी पनि गरेको छ।

कांग्रेसले सरकारको २१ महिनाको समिक्षा गर्दै सरकारका २१ असफलता सार्वजनिक गरेको हो।

‘पाँच वर्षका लागि गठन गरिएको सरकारको सफलता र असफलताको मुल्याङ्कन पाँच वर्ष पुग्दै गर्दा नै हुने हो’, कांग्रेसले भनेको छ, ‘तर बिहानीले दिउँसोको संकेत गर्छ भनिए झै दुईतिहाईको सरकारको ५ वर्षको तीन भाग मध्ये एक भाग अर्थात २१ महिना समय सकिसकेको छ। यो अवधीले सुखद संकेत विल्कुलै दिएको छैन।’

यस्ता छन्, नेपाली कांग्रेस औँल्याएका सरकारका २१ असफलता


(१) राष्ट्रियताको प्रश्नमा असफलता 

(२) संविधानका प्रति अपनत्वको दायरा विस्तारमा असफलता 

(३) सत्ताको सैद्धान्तिक चरित्र निर्क्याैलमै असफलता

(४) संघीयताका बाँकी कार्यभार पुरा गर्न असफलता 

(५) कुटनैतिक मामीलामा अपरीपक्वता 

(६) विप्लव प्रकरण : असफलताको फरक पाठ 

(७) शान्ति सुरक्षा : निर्मला प्रकरणमा हरायो सरकार 

(८) मूल्य वृद्धि:  धरहरा ढलेर हुनुपर्छ सगरमाथा उक्लियो महँगी 

(९) वाइडवडी लगायतको भ्रष्टाचारमा क्रान्तिकारी छलाङ 

(१०) बुढी गण्डकी : कम्युनिष्ट सरकारको राष्ट्रघात 

(११) मेलम्ची परियोजना माथि खेलवाड 

(१२) निजगढ एयरपोर्टको भविष्य अन्यौल 

(१३) चिकित्सा शिक्षाका विद्यार्थीको भविष्यमा प्रश्न 

(१४) सरकारको नियतले असफल संवैधानिक परिषद 

(१५) शब्दमा प्रेस स्वतन्त्रता व्यवहारमा नियन्त्रण 

(१६) धर्मको प्रश्नमा होलि वाइन प्रकरण 

(१७) गुठी विधेयक  जनशक्तिले झुकाएको सत्ता 

(१८) सामाजिक सुरक्षा कोष : कर्म कसैको प्रचार कसैको 

(१९) बालुवाटार काण्डमा लिलाम नैतिकता 

(२०) कम्युनिष्ट पार्टी उकालो लाग्दा शेयर बजार ओरालो 

(२१) असहिष्णु अभिव्यक्ति : अराजनैतिक चरित्र 

मंसिर ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्