भोलि मन्त्रीहरूको हेरफेर हुन्छ, कुनै औपचारिक कार्यक्रम नराख्नुस्: प्रधानमन्त्री ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीहरूको हेरफेर हुने जानकारी गराएका छन्।

मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले आफूले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको जानकारी दिएका हुन्।

तर प्रधानमन्त्री ओलीले को-को नयाँ मन्त्री थपिने र को-को हट्दैछन भन्नेबारेमा भने भोलि नै थाहा हुने र कुनै औपचारिक कार्यक्रम नराख्न मन्त्रीहरूलाई प्रधानमन्त्रीले निर्देशन दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

यता, प्रधानमन्त्री ओलीले नेकपाको सचिवालय बैठक समेत बुधबार बिहान मन्त्रिपरिषद पुनर्गठनै विषयमा छलफल गर्न बोलाएका छन्। ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग मन्त्रिपरिषद पुनर्गठनबारे छलफल गरिसकेका छन्।

यसैबीच सरकारले अध्यादेशमार्फत् संवैधानिक परिषद्सम्बन्धि ऐन संशोधन गर्ने भएको छ। अहिले संवैधानिक परिषद् ऐनमा ‘बैठकमा पेश भएको प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुने’ उल्लेख छ।

मंसिर ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्