युरोकप २०२० छनौट

वेल्स युरोकपमा, आरोन रामसी बने नायक

वेल्स आउँदो वर्ष हुने युरोकप फुटबलका लागि छनौट हुन सफल भएको छ । छनौट चरण अन्तर्गत समूह ई मा रहेको वेल्सले मंगलबार राति भएको आफ्नो अन्तिम खेलमा हंगेरीलाई २–० ले पराजित गर्दै वेल्सीले युरोकप यात्रा निश्चित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा वेल्सलाई महत्वपूर्ण जित दिलाउने क्रममा दुवै गोल आरोन रामसीले गरेका हुन् । १५ औँ मिनेटमा रामसीको गोलबाट वेल्सले सुरुवाति अग्रता लियो ।

उनले दोस्रो हाफको सुरुमै गोल गरे । ४७ औँ मिनेटमा रामसीले व्यक्तिगत दोस्रो गोल गरे । त्यसपछि थप गोल हुन सकेन र वेल्स २–० ले विजयी भयो । जितपछि ८ खेलबाट १४ अंक जोडेको वेल्स समूह उपविजेता बनेको हो ।

मंगलबार राति नै भएको खेलमा अजरबैदानलाई २–० ले पराजित गरेको स्लोभाकियाको १३ अंक भयो र उ तेस्रो स्थानमा छ । स्लोभाकियाले अब छनौटका लागि प्लेअफ खेल्नु पर्ने भएको छ ।

मंसिर ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू