अलपत्र त्रियुगा पुल, फरार ठेक्केदार र रमिते सरकार

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्बर पाँचमा पर्ने त्रियुगा नदीमाथि बन्‍न लागेको २८४.६ मिटर पुल अलपत्र अवस्थामा छ। तीन वर्षमा बनाउनुपर्ने पुल आठ वर्ष बितिसक्दा समेत पुलको पिलर पनि उठन् सकेको छैन्।निर्माणको ठेक्का पाएको महालक्ष्मी जेभी लोकप्रिय कलंकी, काठमाडौं डेढ वर्षदेखि बीचमै काम छाडेर बिना सूचना सम्पर्कविहीन अवस्थामा छ। निर्माण अलपत्रै छाडेर सम्पूर्णमा प्रयोग हुने सम्पुर्ण उपकरणहरु ठेक्केदारले रातारात लगेपछि स्थानीयबासी पुल नबन्ने हो की भन्‍ने चिन्तामा छन्।

त्रियुगा नदीमाथि पुल बन्‍ने भएपछि त्यहाँका स्थानीय सिवाई, सुन्दरपुर, बेल्हा ज्यामिरे लगायत आधा दर्जन गाउँबासीको पुलमा सहजै ओहोर-दोहोर गर्ने अनि हाट बजार जाने सुलभ हुने सयौं वर्ष पुरानो सपना थियो। समयको चक्रसँगै सयौं वर्षसम्म बन्‍न नसकेको त्रियुगामा पुल आखिर बन्‍ने भयो। वि.सं.२०६७ सालमा तात्कालिन उप-प्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले तीन वर्षभित्र निर्माणकार्य सम्पन्‍न गर्ने गरी त्रियुगा पुलको शिलान्यास गरे।

त्रियुगा नदीमा पुल बन्‍ने भएपछि पुलबाट पत्यक्ष रुपमा फाइदा लिने गाउँबासी हर्षविभोर भए। संघीय सरकारले नै प्रतिस्पर्धा मार्फत छनौट भएको महालक्ष्मी लोकप्रिय जेभी कलंकी, काठमाडौंले ९ करोड ९६ लाख ५६ हजार ६ सय ६१ रुपैयाँमा ठेक्का पाए।त्यसपछि पुल निर्माणको काम अगाडि पनि बढ्यो।

तर तीन वर्षभित्र निर्माणकार्य सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता भए पनि अपेक्षाकृत रुपमा काम अगाडि बढ्न सकेन। तोकिएको समयभित्र अर्थात तीन वर्षभित्र मुस्किलले दश प्रतिशत काम पनि सम्पन्‍न हुन सकेन। पटक पटक समयाअवधि पनि थप भयो तर बन्‍ने कुनै छाटकाट नै देखिएन। निर्माण कम्पनीले विभिन्‍न बहानाबाजी गर्दै काममा आलटाल गर्दै गए।

तीन वर्षमा बन्‍नुपर्ने पुल आठ वर्ष बितिसक्दा समेत पुल निर्माणको सम्पूर्ण कामको २० प्रतिशत काम पनि पूरा हुन सकेको छैन्। विगत डेढ वर्षदेखि निर्माण कम्पनी बिना सूचना गरेर निर्माणकार्य अगाडि बढाएको छ। तर पनि आठ वर्ष बितिसक्दा २० प्रतिशत मात्रै काम सम्पन्‍न भएको छ।

ठेकेदार र सरकारको बेवास्ताकै कारण अलपत्र परेको त्रियुगा पूलसँगै त्यहाँका स्थानीयबासीको सयौं वर्ष पुरानो सपना अलपत्र पारिएको छ। विगत डेढ वर्षदेखि निर्माण कम्पनी बिना सूचना गरेर निर्माणकार्य अगाडि बढाएको छ। तर पनि आठ वर्ष बितिसक्दा २० प्रतिशत मात्रै काम सम्पन्‍न भएको छ।

अहिले पनि पुलको दर्जनौं पिल्लरहरु उठ्न सकेको छैन्।त्रियुगा नदीको बीच भागमा ठिङ्रिङ्ग आधा भाग डमी बनाए जसरी पुलको आधा भाग बनाएर अलपत्र बनाइको छ। पुल बन्‍ने छाँटकाट नदेखेपछि स्थानीयबासीको सयौं वर्ष पुरानो सपना चकनाचुर भएको छ। उनीहरुले देखेको सपना विपनामा परिणत हुन लागे पनि बीचमा ठेक्केदारको लापरबाहीले चिन्तामा छन्।

चौदण्डीगढी नगरपालिका वडा-५का वडा अध्यक्ष देवनारायण चौधरीले संघीय सरकार पुल बनाउने जिेवारीबाट पछि हटन नहुने र यदि नसके घोषणा गरेरै स्थानीय तहलाई दिए आफ्नै बजेटमा पुल बनाउन तयार रहेको बताउँदै आएका छन्। पुल बनाउन पेटी ठेकेदार आएपनि महालक्ष्मी जेभी कलंकी, काठमाडौं वास्तबिक ठेकेदार निर्माण स्थलसम्म नआएको उनको गुनासो छ।

पुल नबनेकोमा त्यहाँका स्थीयको पनि सरकार र ठेक्केदार कम्पनीप्रति तीव्र आक्रो छ। स्थानीय राधाकृष्ण प्रसाईले त नेताहरुले चुनावमा जनतालाई भोटर बैंकको रुपमा प्रयोग गर्दै आएका कारण पुल बन्‍न नसकेको ठोकुवा गर्छन्। नेताहरुको स्वार्थकै कारण पुल बन्‍न नसकेको र ठेक्केदार कम्पनी पनि नटेरेको उनको भनाई छ। पुल नबनकै कारण वर्षेनि दर्जर्नौ मानिसहरुलाई बाढीले बगाउने गरेको स्थानीय तारानन्द चौधरी बताउँछन्। वर्षा याममा नगरपालिकासम्म पनि जान धौ-धौ हुने गरेको उनको भनाई छ। पुल बन्ने कुनै संकेत नदेखेपछि त्यस क्षेत्रका स्थानीयबासी आक्रोशित छन्।

गएको आठ वर्षमा केही पिल्लर र पुलको केही भाग ढलान भए पनि बाँकी काम भने ठप्प छ। नदीको बीच भागमा पुगेर पिल्लर उठाउने काम रोकिएको छ भने सरकारको निरीहपनको फाइदा ठेकेदारहरुले लिइरहेका छन्। तीन वर्षमा बन्‍नुपर्ने पुलको संरचना वर्षौ झुलाउनुले कतै सरकारकै मिलेमतो त छैन भन्ने पनि स्थानीयहरुले शंका गरेका छन्, बनिहाले पनि गुणस्तरहीन कामले वर्ष दिन पनि टिक्छ की टिक्दैन भन्‍ने उनीहरुमा चिन्ता छ।

त्रियुगा नदीमाथिको पुलले छेउछाउको गाउँलाई प्रत्यक्ष रुपमा फाइदा त पुग्छ नै। त्यो सँगसँगै पुर्वी राजर्माग जोड्न समेत सहयोग पुग्ने निश्ति छ। यसका साथै लहानहुँदै गाईघाट, सिवाई, बेल्टार हुँदै चतरासम्म पुग्न सहायक मार्गको रुपमा यसलाई प्रयोगमा ल्याउन सकिन्छ। ठेकेदार र सरकारको बेवास्ताकै कारण अलपत्र परेको त्रियुगा पूलसँगै त्यहाँका स्थानीयबासीको सयौं वर्ष पुरानो सपना अलपत्र पारिएको छ।

यता, दुई वर्षमा निर्माण सम्पन्‍न गर्ने गरी ठेक्का लिएको ठेकेदार कम्पनीले ६ वर्ष वितिसक्दा समेत भक्तपुरको कमलबिनायक-नगरकोट सडक विस्तारको काम सम्पन्न नभएको भन्दै ठेकेदारलाई नैतिक दबाव दिन पोल र नीति तथा सार्वजनिक सवारी साधनमा ठेकेदारको फोटो टाँसेर विरोध गरेका छन्।त्यति मात्रै होइन दुई वर्षमा गर्नु पर्ने काम चार वर्ष बितिसक्दा पनि कालोपत्रे नगरेकोले ठेकेदारलाई नैतिक दबाव दिन दोलखाका स्थानीयले पनि सार्वजनिक तथा निजी सवारी साधनमा काम नगर्ने ठेकेदारको फोटो टाँसी विरोध गरेका छन्।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र छ। अझ दुई तिहाईको सरकार पनि छ तर बिचौलियाहरुको मनोमानी घटेको छैन्। दिनप्रतिदिन बिचौलियाको मनोमानी बढ्दैछ तर सरकार निरिह भएर टुलुटुलु हेर्न बाहेक केही गर्न सकेको छैन्। केही समय अगाडि सरकारले समयमै काम नगर्ने ठेकेदारको सूची नै तयार पारेको थियो। तर कारबाही त के कारबाहीको “क” पनि उच्चारण गर्न चाहेन वा कारबाही गर्ने आट नै आएन्। के यसको मुख्‍य रहस्‍य नै राजनीतिक मिलेमतो त होइन भन्‍ने प्रश्‍न उब्जाउँछ।

भौतिक संरचना र निर्माणको जिम्‍मेवारी कस्तो कम्पनीलाई दिने र उसको जिम्‍मेवारी के हो ? पूरा नगरे कारबाहीको के हुने ? स्थानीयबासीमा राजनीतिक नेतृत्वप्रति कस्तो असर पर्छ ? के राजनीतिक नेतृत्व विकासका लागि चुनावमा भोट माग्न आएका हुन की ठेक्केदारको मिलिभगतका लागि ? स्थानीय भौतिक संरचनामाथि संघीय सरकारको खेलवाड कहिलेसम्‍म ?

मंसिर ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्