जोसे मोरिन्हो टोटह्यामको प्रशिक्षक बन्ने सम्भावना

म्यानचेस्टर युनाइटेड तथा चेल्सीका पूर्व प्रशिक्षक जोसे मोरिन्हो टोटनह्यामको प्रशिक्षकमा नियुक्त हुने सम्भावना बढी रहेको छ । जोसे र टोटनह्यामबिच वार्ता भइरहेको छ, तर यसले अन्तिम रुपमा भने लिएको छैन ।

टोटनह्यामले पाँच वर्षदेखिको प्रशिक्षक माउरिसिओ पोकेटिनोलाई मंगलबार बर्खास्त गरेको छ । ४७ वर्षका पोकेटिनोको ठाउँमा मोरिन्हो आउने सम्भावना रहेको छ । मोरिन्हो सन् २०१८ को डिसेम्बर यता काम बिहीन छन् ।

म्यानचेस्टर युनाइटेड छोडेयता पोर्चुगिज मोरिन्होले चीन, स्पेन र पोर्चुगलबाट आएका प्रस्तावहरु स्वीकार गरेका थिएनन् । मोरिन्होले पोर्टो, रियल मड्रिड र इन्टर मिलानमा पनि प्रशिक्षकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

मंसिर ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्