जम्मू–कश्मीरको अवस्थाबारे केन्द्र सरकारको दाबी खारेज गर्ने गृह मन्त्रालयको तथ्यांक

भारतको केन्द्र सरकारले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्ता प्रदान गर्ने संविधानको धारा ३७० हटाएपछि त्यहाँ ठूलो विरोध प्रदर्शन नभएको र कानूनी व्यवस्था कायम रहेको दाबी गर्छ ।

तर केन्द्रीय गृह मन्त्रालयले लोकसभामा पेश गरेको पछिल्लो तथ्यांकले भने फरक कुरा बताएको छ। लोकसभामा मंगलबार केन्द्रीय गृह राज्य मन्त्री जी किशन रेड्डीले धारा ३७० र ३५ ए हटाएपछि जम्मू–कश्मीरमा प्रदर्शनका १९० घटना भएको बताए ।

गृह मन्त्रालयको ताजा तथ्यांक केन्द्र सरकारको दाबी खारेज गर्ने खालको छ । लोकसभामा लिखित बयान दिने क्रममा यी घटना अगस्ट ५ देखि नोभेम्बर १५ सम्मको रहेको बताए ।

यी घटनामा ७६५ जनलाई पक्राउ गरिएको गृह राज्यमन्त्री जी कृष्ण रेड्डीले जानकारी दिए । जनवरी १ देखि अगस्ट ४ सम्म विरोधका ३६१ घटना भएका थिए ।

मंसिर ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्