म र मातृका जी मन्त्री रहनेछैनौँ : कृषि मन्त्री खनाल

चक्रपाणी खनाल।

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीपरिषदमा केही परिवर्तन गर्दै छन् । पुरानालाई हटाएर केही नयाँ मन्त्री उनले नियुक्त गर्ने तयारी छ ।

अहिलेसम्म हालको मन्त्रीपरिषदबाट बाहिरिने मन्त्रीहरुको नाम थाहा भएको छैन । तर कृषिमन्त्री चक्रपाणि खनालले आफू बाहिरिने निश्चित भएको बताएका छन् ।

उनले देश सञ्चारसँग भने, ‘म मन्त्रीपरिषदमा नरहने पक्का हो । राम्रो काम गर्ने प्रयास गरेको हो । नयाँलाई अवसर दिउँ भन्ने कुरा भयो ।’ यस्तै उद्योग मन्त्री मातृका यादव पनि मन्त्री नरहने निश्चित भएको खनालले जानकारी दिएका छन् ।

मंसिर ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्