सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

फाइल तस्बिर

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । यो बैठकले मन्त्रिपरिषद हेरफेरका सम्बन्धमा अन्तिम निर्णय लिने बताइएको छ । ओली र दाहालबीच नयाँ चुनिने र हटाइने मन्त्रीको नामबारे टुंगो लागिसकेको र सचिवालय बैठकबाट त्यसलाई पूर्णता दिइने बताइएको छ ।

बैठकमा पार्टीको सांगठनिक एकताबारे पनि महत्वपूर्ण छलफल हुने भनिएको छ । सचिवालय बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए ।

बुधबार बिहान आपसी छलफल सकेपछि दाहाल र ओली राष्ट्रपति भण्डारीसँग परामर्सका लागि शीतलनिवास पुगेका थिए ।

मंसिर ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्