प्रधानमन्त्री निवास बालुवाटारको मुख्य भवन भत्काइँदै

प्रधानमन्त्री निवास बालुवाटार। तस्बिर: दिपा दाहाल/देश सञ्चार।

काठमाडौँ– प्रधानमन्त्री निवास बालुवाटारको मुख्य भवन बुधबार भत्काइने भएको छ।

उक्त भवन वि.सं. २०३२ सालमा डा. तुलसी गिरी प्रधानमन्त्री भएको बेला निर्माण गरिएको थियाे। भवनका लागि टेन्डर आह्वान भइसकेको हुँदा बुधबार भवन भत्काइने बालुबाटार स्रोतले जानकारी दिएको छ।

भवन निर्माणका लागि कन्टेक प्राली नक्सालसँग ३३ कराेडमा भवन निर्माण सम्झौता भइसकेको छ। प्रधानमन्त्री निवासलाई व्यवस्थित बनाउने याेजना अन्तर्गत भवन भत्काउन लागिएकाे हाे।

मंसिर ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्