अन्तर्वार्ता

क्‍यान महासंघमा आए भने नीतिगत रुपमै आइटी बोर्ड गठन गर्छु- सुनैना पाण्डे घिमिरे

क्‍यान महासंघमा आए भने नीतिगत रुपमै आइटी बोर्ड गठन गर्छु- सुनैना पाण्डे घिमिरे

सूचना, सञ्चार तथा प्रविधिको क्षेत्रमा निरन्तरता र सक्रियताको साथमा काम गर्दै आएको गैरनाफामूलक संस्थाको नाम हो कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) फेडेरेशन अर्थात क्‍यान महासंघ।क्‍यान महासंघको १३औं महाधिवेशन आउँदो मंसिर ७ गते शनिबार हुँदैछ जसमा अध्यक्ष पदका लागि सुनैना पाण्डेय घिमिरे आफ्नो उम्‍मेदवारी दिएकी छिन्।सूचना प्रविधि व्‍यावसायी सुनैना जेनरल टेक्नोलोजी प्राइभेट लिमिटेडको प्रबन्ध निर्देशक समेत हुन। सूचना प्रविधिमा नयाँ योजनासहित काम गर्ने आट र साहासका साथ पाइला चालेकी अध्यक्षका प्रत्यासी सुनैना पाण्डेय घिमिरेसँग देश सञ्‍चारका वरिष्ठ-उपसम्पादक सहदेव चौधरीले कुराकानी गरका छन्।

१. कम्प्युटर एशोसिएशन अफ नेपाल अर्थात क्‍यान महासंघको अधिवेशन आउँन तीन दिन मात्रै बाँकी छ ? तपाइले अध्यक्षको उम्‍मेवारी दिनुभएको छ? तयारी कस्तो छ ?

धन्यवाद ! लगभग-हामीले घरदैलो कार्यक्रमको अन्तिममा पुगिसकेका छौ। अब हामीले सामाजिक सञ्जालमार्फत चुनावको प्रचारप्रसारमा लागिरहेका छौ।एकदम तीव्रताका साथ तयारी भइरहेको छ।

२. सरकारको डिजिटल नेपालको अवधारणाबारे खास गरी तपाइको योजना के छ क्‍यान महासंघको तर्फबाट? यसलाई कसरी सार्थकता बनाउनु भएको छ ?
हो, हामीले क्‍यान महासंघ मार्फत लेट्स बिल्ड इ-नेपाल टुगेदर वि क्यान भनेर नारासहित गतवर्षसम्‍म जुन किसिमको कार्यक्रमहरु गर्दै आएका छौ। त्यसलाई
निरन्तरता नै दिन्छौ।त्यसमा थप योजनाहरु बनेको छ, साथै मजबुत टीम पनि बनेको छ।विभिन्‍न क्षेत्रमा काम गर्ने टीम बनेको छ।

सफ्टवेयर, हार्डवेयर, टेलिकम्युनिकेशन, हेल्थलगायत सबै सेक्टरबाट काम गर्ने एउटा मजबुत टीम बनेको छ।र मेरो योजनामा यसपालि चाहि सबैभन्दा पहिला क्‍यान महासंघले गर्नु पर्ने दायित्व चाँहि पर्ने कुरा सम्पूर्ण सूचना प्रविधि क्षेत्रलाई समेट्न र व्‍यावसायिकहरुलाई प्रवर्द्धन गर्नक लागि मूल आधार मानेर आइटी बोर्ड गठन गर्ने एजेण्डा तय भएका छन्। मेरो नेतृत्वमा पहिलो काम आइटी इन्डस्ट्रीलाई बलियो बनाउन आइटी बोर्ड खडा गर्नेछु।

क्‍यान आफै पनि एउटा स्मार्ट बन्नुपर्छ भन्‍ने हाम्रो मान्यता छ किनभने अरुलाई स्मार्ट बनाउनु अगाडि क्‍यान आफै पनि स्मार्ट हुनुपर्छ। हामी आफै पनि सूचना प्रविधिको उच्चतम प्रयोग गरेर क्‍यान केन्द्र र क्यान प्रदेश र स्थानीय निकाय (जिल्ला)मा छरिएर रहेकोमा ती सबैलाई समेटेर एउटा सानो घेराभित्र आउनुपर्छ भन्‍ने मान्यताका साथ अगाडि बढेका छौ।

स्मार्ट बनाउनको लागि केही अवधारणाहरु छन् होला नि त, हैन?
हो त्यही नै हो। आजको दिनमा हामी स्मार्ट क्‍यान बनाउन केही अवधारणाहरु बनाएका छौ। जसमा हामी क्‍यान महासंघ द भएर आएका छौ। त्यो क्यान महासंघको पूर्ति जब हुन्छ तब प्रदेश, जिल्ला र केन्द्रमा भएका हाम्रा व्‍यक्तिगत, संस्थागत र विषयगत सदस्‍यहरुलाई समान अधिकार हुन्छ।

मेरो नेतृत्व भइसकेपछि ती सबै व्‍यक्तिहरुको समान अधिकार दिलाउँछु। तर आजको दिनसम्‍म त्यो किसिमको वातारण सृजना गर्न सकेका छैनौ। हामी यसलाई क्यान महासंघको अवधारणामा राखेका छौ।

आजको दिनमा क्‍यानको विधान अनुसार केन्द्रमा एक जना बराबर एकले भोटिङ हुन्छ भने जिल्लामा १० जनाबराबर एक जनाले मात्रै भोट गर्न पाउने अवस्था रहेको छ। यो सरासर अन्याय हो। त्यसकारण उहाँहरुको अधिकार सम्मान हुनुपर्छ भन्‍ने मेरो मान्यता हो।

भर्खरै चिनियाँ नागरिकहरु नेपाल आएर एटीम फोरेर बैंकबाट पैसा निकाले। यसअघि नेपाली बैंक स्विफ्ट ह्याकिङ पनि सिकार भइसकेको छ। डाटाहरु चोरी हुने क्रम बढ्दो छ। साइबर सुरक्षा र नेपालमा डाटा सेक्युरिटीलाई लिएर तपाइको योजना के छ ?

हामीले साइबर सुरक्षाबारे पटक पटक कुराहरु गरिरहेका छौ सरोकारवालाहरुसँग। चाहे त्यो सरकार होस् या निजी संघ संस्था वा व्‍यक्तिगत। यसको लागि जनचेतनाको कमी भएकै हो। यसलाई प्रसार-प्रशार र विस्तार आवश्‍यक रुपमा पुगेको छैन। बैंकिङ सेक्टरको यो समस्याको बारेमा मैले बैंकर एशोसिएशनसँग अन्तरक्रियामा ब्लक चेन टेक्नोलोजी अपनाउनेबारे सुझाव दिएको थिएँ। किनकी ब्लकचेन टेक्नोलोजी बैंकिङ क्षेत्रको लागि मजबुत एउटा कडी हो।

खासमा हामी जति पनि प्रडक्ट बनाउँछौ, त्यसकव वर्ष दिनपछि अडिट गर्दनौ। हामी यसबारेमा संस्थाभित्रै गर्नु जरुरी छ। खातापाता अडिट गरे जस्तै आइटी पनि अडिट गर्नु आजको आवश्‍यकता भइसकेको छ।आइटी क्षेत्रमा जति पनि काम कारबाही हुन्छ, त्यसलाई वार्षिक रुपमा अडिट गर्नु पर्ने अवधारणामा हामी पुगेका छौ।

यस्तै सेक्यूरिटी राख्‍ने कुरामा हाम्रा विषयगत सदस्यहरु हुनुहुन्छ। उहाहरु विभिन्‍न क्षेत्रगत रुपमा प्रतिनिधित्व गर्नुहुन्छ। सेक्युरिटी सर्भिलेन्सहरु आएका छन् । तर कुनै ९० मिनेटको ब्याकअप मात्रै दिन्छ भने कुनै ९० दिनको ब्‍याकअप। यसमा पनि ठूलो संस्थाको लागि ९० मिनेटले पुग्दैन भने सानो संस्थाको लागि ९० दिनको ब्‍याकअप धान्‍नै नसक्‍ने हुन्छ। अहिले त हामीलाई सेक्यूरिटी सर्भिसेज घरको लागि पनि आवश्यकता भइसकेको छ।

सरकारले १६ महिनापछि बल्ल डिजिटल नेपालको फ्रेमवर्क मन्त्रीपरिषद्‌बाट पास गरेको छ। तपाइहरु अब यसलाई कसरी पब्लिक प्राइभेट पार्टनरसीपको रुपमा काम गर्नुहुन्छ ?
हो, सरकारले ल्याएको डिजटल नेपालको फ्रेम वर्क मन्त्रीपरिषदबाट पास भएको छ जसमा वान नेशन, ८ डोमेन र ८० डिजिटल इनिसिएटिभ भनेर क्याटेगोरी छुट्याउने भएको छ। त्‍यसमा विकासका आधारहरु टुरिजम, हेल्थ, एग्रीकल्चर, एजुकेशन लगायत ८ वटै डोमेनलाई बाँध्‍नेगरी समेटिएको छ। यता, हामी क्‍यान महासंघ पनि यही अवधारणाबाट अगाडि देखिनै सबै क्षेत्रलाई समेटेर आइरहेका छौ।

त्यसकारण क्‍यानको संरचना पनि हामीले जिल्लामा, प्रदेश र स्थानीय निकायमा विस्तार गरिसकेका छौ। भोलिका दिनमा सेथानीय सरकार, प्रदेश सरकार र संघीय सरकारलाई जहाँ जसरी सकिन्छ साथ, सहयोग र समन्वय गर्न क्‍यान महासंघले प्रयास गर्नेछ। सरकारले डिजिटल नेपालको फ्रेमवर्कबारे धेरै पटक सुझाव दिन पनि बोलाउनु भएको छ।साथै उक्त सुझावहरु सरकारले सहर्ष स्वीकारेर लिएर गएको अवस्था पनि छ।

अहिले खासगरी युवाहरु प्रविधि उद्योगमै काम गर्न नेपाल बाहिर पलायन भइरहेका छन्। उनीहरुलाई प्रविधिमा दक्षता बनाइ नेपालमै रोजगारी दिलाउन क्‍यान महासंघले कस्तो पहल गर्नेछ ?
यो योजनाबारे हामीले सरकारको श्रम तथा रोजगार मन्त्रालयमा विस्तृत रुपमा छलफल गरेका छौँ। केही समय अगाडि मैले पनि श्रम तथा रोजगार मन्त्रालयको एउटा टास्क फोर्समा रहेर काम गर्ने मौका पाएकी थिएँ। त्‍यतिबेला मैले एउटा अध्ययन गर्ने मौका पाएँ। त्‍यतिबेला हामीले यो क्षेत्रमा मात्रै वर्षेनि पाँच लाख जनालाई रोजगारी दिन सकिन्छ भनेर निष्कर्ष निकालेका थियौ।

आजको दिनमा प्रत्‍येक वर्ष ५ देखि १० हजारको हाराहारीमा ग्राज्‍युएटस् विद्यार्थीहरु विश्‍वविद्यालयबाट निष्किरहेका छन्। तर उद्योगको माग भने २५ हजार छ। प्रविधि उद्योगलाई अझै जनशक्ति पुगिरहेको अवस्था छैन। मैले सबै विश्‍वविद्यालयहरुको प्रविधिमा अध्ययन गर्ने विद्यार्थीहरुको तथ्याङक त अध्ययन गर्न पाइनँ। तर मध्यपश्चिमाञ्चलमा रहेको विश्‍वविद्यायमा प्रविधिमा अध्ययन गर्ने विद्यार्थीहरुको तथ्यांक हेरेकी थिए, त्‍यसमा२७३ जना आइटीमा ग्र्याजुएटस् गर्दा रहेछन् प्रत्येक वर्ष।जसमा १४ जना जित ‘ड्रप आउट’ र २५९ जना ग्र्याजुएटस् भएर निष्किनुहुन्छ। त्यसमा १८० जना पुरुष र ९३ जना महिला हुनुहुन्छ।

यसले के देखाउँछ भने प्रविधि उद्योगलाई जुन किसिमको मानव संशाधन चाहिएको छ, त्यो किसिमको ह्‍युमन रिसोर्स पुगेको रहेनछ/ देखिदैन। यो सँगै उहाँहरुलाई अबअ कसरी यही रिटेन अर्थात रोजगारी दिने/दिलाउने ? यो विषय चाँहि साँच्‍चै नै आजको दिनमा चुनौती बनेको छ सबै सामू।

हो, सूचना प्रविधिमा ग्र्याजुएट्सहरुले विदेशमा गएर एकदम राम्रो राम्रो कामहरु पाइरहेका छन्।तर उनीहरुलाई नेपालमै राखेको भए धेरै कामह गराउन सकिन्थ्यो। नयाँ आडिया, इन्नोभेसनमा विश्‍वभर नेपालको क्रेडिट जान्थ्यो। यो जुन ब्रेन ड्रेनको समस्या छ, त्यसमा क्‍यानले अवश्य पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ, सरकारले भने आफ्ना नीतिहरुमा केही परिवर्तनहरु गर्नु पर्ला जस्तो लाग्छ मलाई। युवाहरुलाई नेपालमै रोजगारी दिन र उनीहरुबाट सृजनात्मक कामहरु लिन विभिन्‍न योजनाहरु ल्‍याउनु पर्ने आवश्‍यकता तड्गारो छ।

यसमा क्‍यानले आइटी जब पोर्टल क्‍यानले व्‍यवस्था गरिदिन्छ ताकी उद्योगलाई आवश्‍यकता परेको त्यहाबाट पाओस्। यसका साथै जो जुन क्षेत्रमा काम गर्न चाहनु हुन्छ उहाँहरुको प्रोफाइल पनि त्यही जब पोर्टलमा मेन्टेन गरिदिओस्। जसको लागि उहाँहरुलाई पहिला फिनिसिङ स्कुलबाट पास आउट हुनु पर्ने हुन्छ। यसमा क्‍यान तटस्थ, निष्पक्ष र प्रोफेशनलहरुको संस्था हो। यसमा राजनीतिक, नातावाद भन्‍ने कुरा लागू हुँदैन भन्‍ने मेरो बुझाइ हो।

तर पनि नेपाली राजनीति जहाँ पनि छिरेको छ। सायद प्रविधिमा पनि राजनीति धेरै भएको छ। तपाइ उम्‍मेदवार हुँदै गर्दा राजनीतिक प्रभाव र दबाब आएको छ ? कस्तो महसुश गरिरहनु भएको छ ?
अवश्‍य पनि । क्यान महासंघ अहिले धेरै ठूलो संस्था भइसकेको छ। यहाँ साच्‍चै भन्‍ने हो भने राजनीतिक रुपमा दबाबहरु त आइनै रहेका छन्। तर म त्यससँग जुध्दै अगाडि बढिरहेकी छु।

म क्यान महासंघको नेतृत्वकर्ताको लागि चुनावमा होमिइ सकेको हुनाले चुनौतीलाई पनछ्याउँदै अगाडि हिडिरहेकी छु। किनकी मसँग बलिया काम गर्ने आधारहरु छन्,जुन प्रविधि क्षेत्रमा नडगमगाउने र अत्यन्तै काम लाग्ने टीमको साथ, सहयोग र समन्वय छ। म यही कारण अगाडि बढिरहेको अवस्था छ अहिले। र मलाई लाग्छ क्यान महासंघ गैर राजनीतिक संस्था हो, यो प्रोफेशनलहरुको संस्था हो। तर पनि विश्‍व त राजनीतिमुक्त छैन भने क्‍यानमा पनि केही राजनीति छ, थोरै धेरेको कुरा मात्रै हो।

अन्त्यमा, आइटी प्रोफेशनल्सहरुलाई अब आउने नयाँ पुस्तालाई के सन्देश दिन चाहनुहुन्छ ?
सर्वप्रथम त क्यान महासंघमा जुन किसिमको विश्वास आजको दिनसम्‍म देखाउनुभयो। भोलिका दिनमा त्यही किसिमको विश्‍वास कायम रही रहोस्। साथै हाम्रो टीमलाई भारी मतका साथ विजय गराइ दिनुहुन्छ भनेर अनुरोध छ। र नेपाल सरकारसँग हामी विगत २७ वर्षदेखि सहकार्य, समन्वय गर्दै आएका छौ र क्उानकै लबिङमा सूचना प्रविधि मन्त्रालय खडा भएको छ।

र आउने नयाँ पुस्तालाई के सन्देश दिन चाहन्छु भने सूचना प्रविधिकव क्षेत्र एउटा यस्तो क्षेत्र हो जहाँ महिला र पुरुष भनेर विभेद गरिँदैन। यो बौद्धिक क्षेत्र भएकाले यहाँ न महिला न पुरुष। सबै बराबरी हुन्छ। मिलेर एक भएर काम गर्नु पर्ने हुन्छ।

यो नेपालमा मात्र नभएर विश्‍वभर उही पहुँच र पहिचान बन्ने भएकाले सूचना प्रविधिलाई प्राथमिकतामा राखेर अध्ययन गरिदिनुस्। करियर र भविष्य निक्कै उज्जवल छ।

साथै मंसीर ७ गते हुने क्यान महासंघको अधिवेशनमा मलगायत मेरो टीमलाई विजय गराइ दिन हुन अनुरोध गर्दछु। धन्यवाद।

मंसिर ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्