डोटी – सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा एक हजारका दुईवटा नक्कली नोट फेला परेका छन्। दिपायलस्थित एनसिसी बैंकमा एक ग्राहकले आफ्नो खातामा रकम जम्मा गर्न ल्याउँदा एक हजारका दुईवटा नक्कली नोट फेला परेको हो ।

बैंक कर्मचारी अनिल शाहीले बैंकमा ३५ हजार जम्मा गर्न आएका एक ग्राहकको रकममा एक हजार दरका ती दुई नक्कली रहेको फेला परेको बताए ।

अन्य नोटभन्दा उक्त नोटको कागज फरक खालको तथा फोटोकपी कागज जस्तै भएकाले नक्कली नोट सजिलै चिनिएको शाहीको भनाई छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले डोटीमा कहाँबाट नक्कली नोट आए सो विषयमा अनुसन्धान गरिने बताए ।

मंसिर ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्