द्वन्द्वकालका मानव अधिकार उल्लंघनमा दोषी भए दण्ड भोग्न तयार-प्रचण्ड

काठमाडौं- नेकपा कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले संक्रमणकालिन न्‍यायका मामिलामा आफू दोषी भए कारबाही भोग्न तयार रहेको बताएका छन्।

बिहीबार राजधानीमा द्वन्द्वपीडित साँझा चौधरीले विस्तृत शान्ति सम्झौता हस्ताक्षरको १३ वर्षको अवसर पारेर विस्तृत शान्ति सम्झौता र संक्रमणकालिन न्याय प्रक्रिया अन्तर संवादमा बोल्दै प्रचण्डले भने, ‘संक्रमणकालिन न्यायका मामिलामा म दोषी भए कारबाही भोग्न तयार छु।’

कार्यक्रमा उनले तत्कालिन सशस्त्र माओवादी जनयुद्ध आफूले नै सुरुवात गरेको र विस्तृत शान्ति सम्झौता पनि आफैले गरेकोले अब न्‍याय पनि दिने प्रतिवद्धता व्‍यक्त गरे। उनले भने, ‘ मैले नै हो युद्ध सुरु गरेको, मैले नै विस्तृत शान्ति सम्झौता गरेको र न्याय दिन पनि लागेको छु।’

उनले संक्रमणकालिन न्‍याय दिने तयारी गरिरहँदा पनि चिमोठ्ने र घोच्‍ने काम जारी रहेको दुखेसो पोखे। उनले पछि आफू बितेर गए पनि मानिसहरुले कुरा काटिरहने बताउँदै भने, ‘तर मलाई चिमोठटने र घोच्ने काम जारी छ।म मरेपछि पनि सुख पाउने छैन। म मरेपछि पनि मलाई उचाल्ने र पछार्ने काम हुन्छ जस्तो लाग्छ।’

मंसिर ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्