महराले दिए जिल्लाको आदेशविरुद्ध उच्चमा पुनरावेदन

कृष्णबहादुर महरालाई बिहीबार काठमाडौँ जिल्ला अदालतमा लैजाने क्रममा। तस्बिर: सुलभ श्रेष्ठ

काठमाडौँ – संसद सचिवालयकी महिला कर्मचारीमाथि जबरजस्ती करणी गरेको अभियोगमा पुर्पक्ष थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गराएका छन्।

कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म (पुर्पक्ष) थुनामा पठाउन आदेश दिएकाे थियाे।

उक्त आदेशविरुद्ध महराले बिहीबार पुनरावेदन दर्ता गराएका हुन्। डिल्लीबजार कारागारमा रहेका महराले जिल्लाको आदेश उपर पुनरावेदनमा नजाने मनस्थिति बनाए पनि कानुन व्यवसायीसँग परामर्श गरेपछि निवेदन दिएका हुन्।

असोज १२ गते बेलुका तीनकुनेस्थित महिला कर्मचारीको कोठमा पुगेर जबरजस्ती करणीको प्रयास (उद्योग) गरेको आरोपमा महरा सभामुख निवासबाटै असोज १९ गते पक्राउ परेका थिए।

करणी प्रयास गरेको विषयमा पीडित महिलाबाटै बाहिरिएपछि उनले असोज १४ गते पदबाट राजीनामा दिएका थिए।

मंसिर ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्