महोत्तरीमा सेञ्‍चुरी बैंकको निःशुल्क आँखाशिविर

काठमाडौँ-सेञ्‍चुरी कमर्सियल बैंकको बर्दिबास शाखाले पथलैया बजार, महोत्तरीमा निःशुल्क आँखाशिविर सञ्चालन गरेको छ।

बिहीबार बर्दिबासमा आयोजना गरिएको सो शिविरमा बालबालिकाहरुदेखि वृद्धवृद्धाहरुसमेत गर १ सय २७ जनाभन्दा बढीको निःशुल्क जांच गरिएको हो।

उक्त शिविर सगरमाथा चौधरी आँखा अस्पतालको सहयोगमा सम्पन्न भएको बैंकले जनाएको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको बैंकले जानकारी दिएको छ।

मंसिर ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्