मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख पाँच लाख घुससहित पक्राउ

साङ्केतिक तस्बिर

जनकपुरधाम – मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख रामबाबु मण्डल घुससहित पक्राउ परेका छन् । शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटेको टोलीले मण्डललाई पाँच लाख घुससहित पक्राउ गरेको अख्तियारको बर्दिवास कार्यालयका सूचना अधिकारी हरि प्रसाद घिमिरेले बताएका छन् ।

मालपोत कार्यालयको कागजात अदालत पठाई दिन घुस मागेका मण्डललाई सेवाग्राहीबाट घुस लिदै गरेको अवस्थाबाट शुक्रबार पक्राउ गरेको अख्तियारले जनाएको छ ।

पक्राउ परेका मण्डललाई थप अनुसन्धानको लागि अख्तियारको कार्यालय बर्दिवास ल्याइने घिमिरेले बताए ।

मंसिर ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्