कान्छी श्रीमतीले गर्भपतन गराएको आरोप लगाएपछि अदालतकै कर्मचारीलाई पक्राउ पुर्जी

धनगढी–  जिल्ला अदालत कैलालीका श्रेस्तेदार भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। आफूलाई गिरीकी कान्छी श्रीमती बताउने  एक महिलाले जबर्जस्ती गर्भपतन गराएको भन्दै प्रहरीमा बुधबार जाहेरी दिएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको हो। गिरी फरार रहेको प्रहरीले जनाएको छ।

नेपालगञ्जकी एक जना महिलाले गिरीसँग दुई वर्षअघि विवाह गरेको तर उनले इच्छाविपरित यौन सम्पर्क गरेको र गर्भ बसेपछि जबर्जस्ती गर्भपतन गर्न लगाएको जाहेरीमा उल्लेख गरेकी छिन्।

ती महिलाले गिरीको पहिलो विवाहबारे आफूलाई जानकारी नै नभएको र झुक्याएर विवाह गरेको दावी गरेकी छिन्। उजुरीमा ती महिलाले गिरीले दुई पटक जबर्जस्ती गर्भपतन गराएको आरोप लगाएकी छिन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले गिरीको खोजि भइरहेको जानकारी दिए।

मंसिर ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्