सिरहामा लागुऔषधसहित दुईजना पक्राउ

जनकपुरधाम-सिरहामा लागुऔषध सहित दुई जना पक्राउ परेको छ।

पक्राउ पर्नेमा सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका वडा नं. १ मलहनियाका २१ वर्षिय अमरेश यादव र २१ वर्षिय पंकज यादव रहेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले जनाएका छन्।

दुवैजनालाई विहिवार साँझको समयमा प्रहरी चौकी सितापुरबाट खटेको गस्ती टोलीले लक्ष्मिपुरपतारी गाउँपालिका वडा नं. ६ कचनारी भोटियामा मोटरसाईकल चेकजाँचको क्रममा नोफिन १० एम्पुल, डाईजिल्याप १० एम्पुल, प्रोमेथाजिन १० एम्पुल गरी जम्मा ३० एम्पुल लागु औषध सहित पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लहान सिरहामा ल्याई थप अनुसन्धान थालेको सिरहा प्रहरीले जनाएको छ।

मंसिर ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्