चक्कर आउने समस्या समाधानको सजिलो उपाय

टाउको घुमाउने अर्थात चक्कर आउने समस्या अधिकांशले अनुभव गरेका हुन्छन् । कसैलाई कहिले काहिँ मात्रै चक्कर आउँछ भने कोहीलाई यसले नियमित रुपमा दुःख दिएको हुन्छ ।

चक्कर आउने समस्याबाट छुटकारा पाउनका लागि ‘एप्ली मनुभर’ अर्थात टाउको विभिन्न पोजिशनमा राख्ने अभ्यास गर्न सकिन्छ । यसका लागि पहिले टाउकोलाई बायाँ तर्फ ४५ डिग्रीको कोणमा घुमाउनु पर्छ । लगत्तै उत्तानो परेर सुत्नु पर्छ र ३० सेकेण्डसम्म टाउको बायाँ तर्फ फर्काएर राख्नु पर्छ ।

त्यसपछि टाउको दायाँ तर्फ टाउको घुमाउने, ३० सेकेण्ड टाउको त्यसै गरेर राख्ने । यसपछि पूरै शरीर दायाँ कोल्टे फर्केर ३० सेकेण्डसम्म सुत्ने गर्नु पर्छ ।
३० सेकेण्डपछि सिधा हुने गरी बस्नु पर्छ यदी बायाँ तर्फबाट चक्कर आउने समस्या बढी छ भने ।

दायाँ तर्फ समस्या बढी देखिएको छ भने यहि प्रक्रिया सिधा उल्टो गर्दा फाइदा पुग्ने विज्ञले बताएका छन् । यसो गर्दा पनि नभएमा चिकित्सकको सल्लाह लिनु पर्छ ।

मंसिर ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्