टोटनह्यामको प्रशिक्षकको रुपमा जोसे मोरिन्होको विजयी सुरुवात

जोसे मोरिन्होले टोटनह्यामको प्रशिक्षकका रुपमा विजयी सुरुवात गरेका छन् । माउरिसिओ पोकेटिनोलाई बर्खास्त गरेर टोटनह्यामले क्लबको प्रशिक्षकमा जोसे मोरिन्होलाई नियुक्त गरेपछिको पहिलो खेलमा वेष्टह्यामलाई ३–२ ले पराजित गरेको हो ।

अवे मैदानमा शनिबार राति भएको खेलमा टोटनह्यामलाई जित दिलाउनका लागि सन हेङ–मिन, लुकास मोउरा र ह्यारी केनले गोल गरे । वेष्ट ह्यामका लागि मिखाइल एन्टोनिओ र एन्जोलो ओग्बोनाले गोल गरेका हुन् ।

३६ औँ मिनेटमा सन तथा ४३ औँ मिनेटमा मोउराले गोल गरेपछि पहिलो हाफमा टोटनह्यामले २–० को अग्रता लियो । यस्तै ४९ औँ मिनेटमा केनले गोल गरेपछि अग्रता ३–० मा पुग्यो ।

तर त्यसपछि उसले दुई गोल खायो । एन्टोनिओले ७३ औँ तथा ओग्बोनाले इन्जुरी समयको छैटौँ मिनेटमा गोल गरेका हुन् । जितपछि टोटनह्यामको १३ खेलबाट १७ अंक भएको छ र उ नवौँ स्थानमा पुगेको छ ।

मंसिर ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्