सत्य निरुपण तथा बेपत्ता आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिको बैठक बस्दै

काठमाडौँ – सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग हाल पदाधिकारी बिहीन छन् । पदाधिकारी सिफारिसका लागि सरकारले गठन गरेको समितिको बैठक आइतबारका लागि बोलाइएको छ।

समितिले मंसिर १ गते आइतबार पदाधिकारीका लागि उम्मेदवारी दिएका ६१ जनाको नाम सार्वजनिक गरेको थियो । नाम सर्वाजनिक गर्दै समितिले उनीहरुविरुद्ध दाबी–विरोध भए उजुरी गर्न पाँच दिनको समय दिएको थियो।

उम्मेदवार विरुद्ध परेका उजुरीको छानबिन तथा सुनुवाई गरी आयोगका लागि पदाधिकारी सिफारिस गर्ने प्रक्रियाका लागि आइतबार बैठक बोलाइएको हो।

सत्ताधारी नेकपा र प्रतिपक्षी कांग्रेसका शीर्ष नेताबिच भएको सहमति अनुसार नै उजुरीका लागि पाँच दिनको समय दिँदै ६१ जनाको नाम सार्वजनिक गरिएको थियो । आइतबारको बैठकमा परेका उजुरीमाथि छानबिन हुने र आफूहरु निर्णयमा पुग्ने सिफारिस समितिले जनाएको छ।

तर शीर्ष नेताहरुबिच सत्य निरुपण तथा मेलमिलाप आयोगमा गणेशदत्त भट्टलाई अध्यक्ष बनाउने सहमति भइसकेको छ । यस्तै बेपत्ता पारिएकममा व्यक्तिको छानबिन आयोगमा पुराना पाँच आयुक्तलाई नै कायम राख्ने सहमति भइरहेको छ।

मंसिर ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्