लगातार तीन खेलको हारपछि एस्टन भिल्लाको प्रभावशाली जित

एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार हारको यात्रा टुंग्याएको छ । पछिल्ला तीन खेलमा पराजित भएको एस्टन भिल्लाले सोमबार राति भएको खेलमा न्युक्यासल युनाइटेडमाथि २–० को जित दर्ता गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा एस्टन भिल्लाले दुवै गोल पहिलो हाफमा नै गरेको हो । एस्टन भिल्लाका लागि ३२ औँ मिनेटमा कोनर होरिहेन तथा ३६ औँ मिनेटमा अनवर एल गाजीले गोल गरेका हुन् ।

दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र एस्टन भिल्ला २–० ले विजयी भयो । जितपछि १३ खेलबाट १४ अंक बनाएको एस्टन भिल्ला १५ औँ स्थानमा पुगेको छ । १५ अंकसहित न्युक्यासल १४ औँ स्थानमा कायम छ ।

मंसिर १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्