प्रधानमन्त्री ओलीको शल्यक्रिया सम्पन्न, अस्पताल पुगे स्वास्थ्यमन्त्री

प्रधानमन्त्री केपी ओलीलाई भेट्न त्रिवि अस्पताल पुगेका स्वास्थ्य मन्त्री भानुभक्त ढकाल । तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया भएको सम्पन्न भएको छ । पेट दुखेपछि त्रिवि शिक्षण अस्पताल स्थित मनोमोहन कार्डियोभास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा लगिएका ओलीमा एपेन्डिसाइटिसको समस्या देखिएको थियो ।

प्रधानमन्त्री ओलीको लगत्तै शल्यक्रिया भएको हो । शल्यक्रियापछि अहिले ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रेस संयोजक सूर्य थापाले जानकारी दिएका छन् । ओलीलाई भेट्न स्वास्थ्य मन्त्री भानुभक्त ढकाल अस्पताल पुगेका छन् ।

यसैबिच प्रधानमन्त्री पत्नी राधिका शाक्य अस्पतालबाट बाहिरिएकी छन् । उनले बाहिरिने क्रममा डाक्टरहरुले राम्रो छ भनेको प्रतिक्रिया दिइन्।

उनलाई डाक्टरहरुले प्रधानमन्त्री ओलीसँग भेट गर्न भने दिएका छैनन्। संक्रमण हुन सक्ने भन्दै भेट्न नदिएका हुन् ।

मंसिर १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्