प्रधानमन्त्रीलाई भएको ‘एपेन्डिसाइटिस’बारे जानाैँ

सांकेतिक तस्बिर

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबार ‘एपेन्डिसाइटिस’ भएपछि त्यसको शल्यक्रिया गरिएको छ । पेट दुख्ने, छिनछिनमा पिसाव लागेपछि ओलीलाई अस्पताल भर्ना गरिएको थियो ।

महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थेरासिक एण्डा ट्रान्सप्लान्ट सेन्टरमा उनको ‘एपेन्डिक्स’ निकाले फालिएको छ । चिकित्सकका अनुसार ‘एपेन्डिक्स’ मानव शरीरमा विकास भएका अंग हो तर यो काम नलाग्ने अंग मानिन्छ । करिव ८ सेन्टिमिटर जति लामो हुने यो अंग एपेन्डिक्सको नलीमा संक्रमण भएमा विकास हुन्छ ।

वीर अस्पतालका ग्यास्ट्रोलोजिस्ट डा. भुपेन्द्र बस्नेतका अनुसार कुनै पनि कारणले ऐपेन्डिक्सको नलीमा संक्रमण फैलिन सक्छ । संक्रमण बढी भएमा पेट दुख्ने लक्ष्यण देखा पर्छ। सानो आन्द्रा र ठूलो आन्द्रा जोडिएको पछाडि यो रहने गर्छ ।

डा– बस्नेत भन्छन्, ‘ प्राय अस्वस्थकर खाना र पानीको कमि भएमा यस्तो समस्या देखिन्छ। एपेन्डिक्स फुटेर अन्य भागमा संक्रमण नफैलियोस भन्ने उद्देश्यले छिटोभन्दा छिटो अप्रेशन गरेर यो हटाउनु पर्छ ।’ डा. बस्नेतका अनुसार यो समस्याबाट बच्न फाइबरयुक्त खाना खानु पर्ने हुन्छ र नियमित व्यायम र पर्याप्त मात्रामा पानी पिउनु पर्छ ।

मंसिर १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्