अति रोमाञ्चक खेलमा रियल मड्रिड र पिएसजीको बराबरी

अति रोमाञ्चक खेलमा रियल मड्रिड र पेरिस सेन्ट–जर्मेन (पिएसजी) बराबरीमा रोकिएको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको समूह ए को खेलमा रियल मड्रिड र पिएसजी २–२ को बराबरीमा रोकिएको हुन् ।

अवे मैदानमा भएको खेलमा २–० ले पछि परेको अवस्थाबाट पिएसजीले पुनरागमन गरी बराबरी गरेको हो । रियल मड्रिडका लागि करिम बजेन्जिमाले १७ र ७९ औँ मिनेटमा गोल गरेका हुन् ।

अन्तिमको १० मिनेट बाँकी हुँदासम्म गोल फर्काउन नसकेको पिएसजीले त्यसपछि पुनरागमन गरेको हो । उसका लागि ८१ औँ मिनेटमा केलियन एमबाप्पे तथा त्यसको दुई मिनेटपछि अर्थात ८३ औँ मिनेटमा पाब्लो साराबिएले गोल गरेका हुन् ।

दुवै टिम अन्तिम १६ मा पुग्ने पक्का भइसकेको छ । शीर्ष स्थानको पिएसजीको १३ तथा दोस्रो स्थानको रियल मड्रिडको ८ अंक छ ।

समूह ए अन्तर्गत नै मंगलबार राति भएको खेलमा गालाटासारे र क्लब ब्रुगले १–१ को बराबरी खेलेका छन्।

मंसिर ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्