विकटको बाध्यता

यी हुन् हुम्लाका ट्र्याक्टर, ढुवानी ओसार्न भ्याइ-नभ्याइ

सडक सञ्‍जाल नजोडिएको हुम्ला जिल्लाबासीहरुले खच्चडमा खाद्यान्‍न लागतयका सामग्रीहरु ओसारपोसार गर्दै आएको सात वर्ष भयो।

नेपालगञ्‍ज र सुर्खेतबाट हवाई ढुवानीको भाडा दर महँगो परिरहेकै अवस्थामा मुगुको गमगडी र बाजुराको कोल्टीबाट दैनिक उपभोग्य सामानदेखि विकास निर्माणका सामाग्रीसम्म यी ट्र्याक्टरका रुपमा चिनिएका खच्चडहरुले गर्दा जनतालाई राहतको महसुश भएको छ भने रोजगारी पनि उस्तै सृजना छ।

चंखेली गाउँपालिका वडा नम्बर २ दार्मका लोकेन्द्र शाहीले यी खच्चडहरुको प्रयोग गर्न थालेको चार वर्ष भयो। कमाईको बलियो माध्याम भएको उनलाई यिनै खच्चडहरु सब थोक हुन।महिनामा डेढ लाखसम्म कमाई गर्ने महिनाको एक लाख कमाई हुने गरेको छ।

मुगुको गमगढीबाट हुम्लाको चंखेली, सर्केगार्ड, खार्पुनाथदेखि सिमकोटसम्म दैनिक उपभोग्य सामान देखि बिकास निर्माण सामान, इन्धन र लिटो लगाएत सामाग्रीहरु ढुवानी गर्ने काम पाउँदा उनको कमाई राम्रो भएको हो।

दु:ख पनि बढी हुने र कमाई पनि राम्रो हुने देखिएपछि विगतदेखि शाहीले यो ब्यबसाय अगाल्दै आएका हुन। तीनजना कामदारलाई परिचालन गरेर ३५ वटा खच्चड एक साथ ढुवानीका लागि प्रयोग हुँदै आएको शाहीले बताए।

सडक सञ्जाल जोडिएका ठाँउमा यातायातका साधनहरु सञ्चालनमा आएपनि नेपालको एक मात्र सडक यातायात नजोडिएको हुम्ला जिल्लामा यीनै खच्चडहरुलाई ट्याक्टरको संज्ञा उनी दिन्छन्। यही ट्याक्टरले गर्दा चर्को हवाई ढुवानीको मारमा परेका जनताहरुको यो राहतको माध्याम पनि भएको छ।

यता,जाजरकोट जिल्लाको लिम्सा गाउँपालिका वडा नम्बर-४ का अर्का खच्चड व्‍यावसायी नेत्र सिंह पनि यिनै हुम्लाका ट्याक्टरका मालिक हुन।यी २४ वटा ट्याक्टरबाट एक पटकमा एक हजार ४४० केजी सामान ढुवानी हुने गरेको छ। सामान ढुवानी गरे बापत उहाँले ९२ हजार १६० रुपियाँ पाउनु हुन्छ।

यो क्रमको महिनामा तीन पटक चल्ने गर्छ।अहिले त उनलाई देख्ने बित्तिकै हुम्लाको ट्याक्टर मालिक भनि हाल्छन सेवाग्राहीहरुले। उनलाई पनि ग्राहकले यसो भनेकोमा गर्भ लाग्छ।आफूलाई पनि फाइदा जनतालाई राहत यसलाई कसरी नराम्रो भन्‍नु उनले प्रश्‍ना गरे।

मुगुबाट हुम्लाको चंखेली, सर्केगार्ड, खार्पुनाथ र सिमकोटसम्म तीनदेखि आठ दिनसम्म समय लाग्ने ती ब्यवसायीले बताउने गरेका छन्। मुस्किल्ले महिनामको एक देखि दुई दिन आराम गर्न समय लाग्‍ने व्‍यावसायीहरु बताउँछन्। मुगुबाट हुम्लाको लागि सामानहरु खरिद गरेर ढुवानी गर्ने देखि ढुवानीको मात्र काम गर्ने खच्चड व्‍यावसायीहरुको संख्या चार दर्जन भन्दा बढी देखिएको छ।

यसका लागि चार सय भन्दा बढी खच्चडहरु प्रयोग हुँदै आएका छन्। यी भने सबै हुम्लाबासीका होइनन्।यो व्‍यवसायमा लाग्ने हुम्ला देखि मुगु, जुम्ला, बाजुरा, र जाजरकोट जिल्ला सम्मका मानिसले यो पेश अगाल्दै आएका छन्। हाल उक्त क्षेत्रमा बिहान चार बजे अध्यारैदेखि बेलुका सात बजेसम्म खच्चडहरु हिडाउने गरिन्छ।

मौसम पनि सफा भएको कारण पछि हिमपात होला भन्ने डरले ती व्‍यावसायीहरुले रात दिन नभनि सामान ढुवानी गर्ने गरेका हुन।  मुगु देखि सिमकोटसम्म प्रति केजी सामानको ढुवानी मूल्य ६४ रुपियाँ भाडा लिने गरिन्छ। एक खच्चडले साठी केजीसम्म एक पटकमा भारी बोक्ने गर्छ।

सडक सञ्जाल नजोडिएको हुम्लाका ट्याक्टरहरुको कारण दैनिक उपभोग्य सामान देखि सबै प्रकारका सामानहरुले मुल्य घटेको छ।त्यही सामान नेपालगंज वा सुर्खेतबाट हवाई ढुवानी गर्नु पर्दा १०५ रुपियाँदेखि १५० भाडा दर तिर्नु पर्दा महँगी त हुने नै भयो।तर केही बर्ष यता सस्तो ढुवानीमा खच्चडमा समान आउदाँ महंगी घटेको हो। यसले सर्वसाधारण जनतालाइे राहत पुर्‍याएको छ।