युद्धभैरव गणमा आतङ्कवादविरुद्ध नेपाल र इजरायली सेनाको संयुक्त अभ्यास

काठमाडौँ- नेपाली सेनाको युद्ध भैरव गणमा आतङ्वादविरुद्ध कसरी लड्ने भनेर नेपाली सेना र इजरायली सेनाले संयुक्त अभ्यास गरिरहेका छन्।

आइतबारदेखि सुरु भएको प्रशिक्षणको बुधबार नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापाले निरिक्षण गरे। प्रशिक्षण अभ्यासमा विमान हाइज्याकिङविरुद्ध कसरी लड्ने भनेर पनि सिकाई रहेको नेपाली सेनाले जनाएको छ।

निरिक्षण टोलीमा इजरायली सेनाका प्रतिनिधी पनि सहभागी थिए।

मंसिर ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्