बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो, ८ जनाको सनाखत

बुटवल-अर्घाखाँची जिल्लाको नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ।

चालकसहित पुरुष १०, महिला ६, बालिका १ र बालक १ गरी १८ जनामध्ये ८ जनाको सनाखत भएको छ।

रुपन्देही बाँसगढीका ३१ वर्षीय वसन्त भन्ने चालक ओम बहादुर थापा, सन्धिखर्क नगरपालिका वडा-७ बस्ने ५६ वर्षीय शिवलाल भट्टराई‚ बलराम भट्टराई, ५० बर्षीया माया पुरी, २२ वर्षीया मनिका खड्का, भुमिकास्थान नगरपालिका-९का १९ वर्षीय शैलेस थापा, सन्धिखर्क नगरपालिका-३की सिता भाट, सशस्त्र प्रहरी बल रुपन्देहीमा कार्यरत गुल्मीका राजकुमार महत रहेका छन्।

अरुको सनाखत हुन बाकी रहेको छ । शवहरु जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको छ।

मंसिर ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्