विवाहपञ्‍चमीको रौनक

अयोध्याबाट आधुनिक गाडिमा जनकपुरधाम आए जन्ती, भव्‍य स्वागत

जनकपुर- सीताराम विवाह महोत्सव विवाह पञ्‍चमीमा सहभागी हुनका लागि भारतको अयोध्याबाट जन्ती बिहीबार जनकपुरधाम आइपुगेको छ।

गत मंसीर ५ गते भारतको अयोध्याबाट हिडेका जन्ती बुधवार नेपाल प्रवेशका गरेका थिए। नेपाल प्रवेश गरेपछि बुधवार महोत्तरीको मटिहानीमा जन्ती विश्राम गरेका थिए।

बुधबार आएका जन्तीलाई बिहीबार जनकपुरधाममा प्रवेशसँगै धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल, प्रहरी उपरीक्षक शेखर खनाल, सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले भव्‍य स्वागत गरेका छन्।

त्रेता युगमा माता सीतासँग विवाहका लागि जसरी भगवान रामको जन्ती आएको थियो। सोही स्मरणमा प्रत्येक वर्ष अयोध्याबाट विवाह पञ्चमीको अवसरमा जन्ती आउने गर्दछ भने प्रत्येक पाँच वर्षमा अधिकारिक रुपमा जन्ती आउने गर्छन्।

अयोध्याबाट जनकपुरधाम आइपुगेका जन्तीलाई शुक्रबार जनकपुरधामस्थित रंगभूमि मैदान बाह्रबिघामा राष्ट्रपति विद्या देवी भण्डारीले विशेष कार्यक्रमका बिच स्वागत गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपति भण्डारी अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न शुक्रबार जनकपुरधाम आउने कार्यक्रम तय भइसकेको छ।

पहिले-पहिले हाती, घोडा सहितका सवारीमा जन्ती आउँथ्यो भने अहिले आधुनिकतासँगै गाडीमा जन्ती आउने गर्छन्।

मंसिर १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू